एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । उपाध्यक्ष एवं विधान मस्यौदा समितिका संयोजक डा. बेदुराम भुसाल विदेश भ्रमणमा रहेकाले २८ र २९ मंसिरको पूर्वनिर्धारित बैठक स्थगित भएको एकीकृत समाजवादीले जनाएको छ ।
बैठकमा विधान मस्यौदाबारे छलफल गर्ने तयारी थियो । सचिवालयको अघिल्लो बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गर्दै उपाध्यक्ष भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको समिति गठन गरेको थियो ।
विधान मस्यौदा सचिवालयबाट स्वीकृत भएपछि स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी हुँदै राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेर पारित गर्ने तयारी छ । अब सचिवालय बैठक पुसको पहिलो साता बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल गर्ने तयारी छ । राष्ट्रिय सभामा अध्यक्षसहित पाँच सदस्यमा पार्टीको दाबी रहेको खतिवडाले बताए ।