खोटाङबाट फोन गरी ओलीले प्रधानमन्त्री प्रचण्डलाई दिए जन्मदिनको शुभकामना

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण
खोटाङबाट फोन गरी ओलीले प्रधानमन्त्री प्रचण्डलाई दिए जन्मदिनको शुभकामना

फाइल तस्बिर ।

एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका छन् । 

एमालेले गरिरहेको समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङको दिक्तेल पुगेका ओलीले फोन गरेर प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आज रामेछाप, सिन्धुली, ओखलढुंगा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्‍याे । दिनभर व्यस्त थिएँ । साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो । उहाँको आज जन्मदिन, जन्मदिनको शुभकामना ।’ 

सुझावित समाचार