कानुन बनाउन नमान्ने सांसदलाई ‘नो नट अगेन’ भन्नुस् : सांसद गौतम

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कानुन बनाउन भूमिका नखेल्ने सांसदहरूलाई नो नट अगेन भनेर जिम्मेवार बनाउन आग्रह गरेकी छिन्।

लाजिम्पाटमा आयोजित ‘नेपालमा वैवाहिक समानता’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘सांसदको काम कानुन बनाउने हो, तर सत्तापक्ष र विपक्षका नाममा आवश्यक कानुनलाई रोक्ने गरिन्छ। आवश्यक कानुनलाई रोक्ने र कानुन बनाउन भूमिका नखेल्ने सांसदहरूलाई नो नट अगेन भन्नुस्,’ उनले भनिन्।

कार्यक्रममा नीलहिरा समाज, राइट हियर राइट नाउ, सेभ द चिल्ड्रेन र सिडा परियोजनाको सहयोगमा दुई सयभन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहभागिता रहेको थियो।

सुझावित समाचार