सेयर बजारमा सामान्य करेक्सन, एक अर्ब १४ करोडकाे काराेबार

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण

सेयर बजारमा आज सामान्य सुधार देखिएको छ। मंगलबार १० अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको छ।

आज जीवन बिमा, विकास बैंक, लघुवित्त, व्यापार, लगानीलगायतका समूह बढेको छ। यस्तै, आज ग्लोबल आइएमई लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजारमा सुधार आए पनि सिंगटी हाइड्रोको सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ। 

आज ३७ लाख कित्ता सेयर किचबेच हुँदा एक अर्ब १४ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्सुरेन्सको सात करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

सुझावित समाचार