धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण

सल्यानमा धारिलो हतियार बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

सिद्धकुमाख गाउँपालिका– ३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी शितली सार्कीको धारिलो हतियार (बन्चरो) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बुधबार बिहान डम्मरले धारिलो हतियार  प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी  कार्यालय  सल्यानका सूचना  अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।

श्रीमतीको हत्या गर्ने सार्कीलाई ढोरचौर बजारनजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हत्याको कारण खुल्न नसकेको  प्रहरीले  जनाएको छ।

See More On

सुझावित समाचार