एनसेलमाथि उठेको प्रश्नले चिन्तित बनाएको छ : पूर्वअर्थमन्त्री कार्की

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण
एनसेलमाथि उठेको प्रश्नले चिन्तित बनाएको छ : पूर्वअर्थमन्त्री कार्की

फाइल तस्बिर

पूर्वअर्थमन्त्री तथा अर्थ समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलमाथि उठेको प्रश्नले चिन्तित बनाएको बताएका छन्। 

बुधबार अर्थ समितिको बैठकमा बोल्दै सांसद कार्कीले एनसेलमाथि उठेको प्रश्नले सर्वत्र चासो बढेकाले यसमा जोडिएको विषयलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका हुन्। 

उनले भने, ‘लगानीमैत्री वातावरण सन्तुलित आर्थिक विकासविना क्यामेराका अगाडि भावनाका कुरा गरेर मात्रै सम्भव छैन। वैदेशिक लगानी संरक्षण गरेर अघि बढेनौँ भने निर्वाचनमा गरिएका प्रतिबद्धता केवल प्रतिबद्धता मात्रै हो।’

उनले एनसेलले दिएको पत्र हातमा परेको र आफूहरू  यसको अनुसन्धानको प्रारम्भिक चरणमा रहेको बताए।  

उनले भने, ‘हामी कानुनी शासनमा विश्वास गर्छौँ। एनसेलले दिएको पत्र हातमा परेको छ। हामी यसको अनुसन्धानको प्रारम्भिक चरणमा छौँ। अनुसन्धान पूर्ण रूपमा गरेर यस्तो गतिविधि दोहोरिन नदिने गरी अघि बढ्नुपर्छ। मुलुकको छविमा आँच आउने काम कसैबाट हुनुहुँदैन।’ 

सुझावित समाचार