अवैध रूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण

औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैध रूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ । 

विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैध रूपमा औषधि बिक्री–वितरण गर्ने बुढानीलकण्ठ नगरपालिका– १० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई सिलबन्दी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बुढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैध रूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा सिलबन्दी गरिएको जानकारी दिए ।

विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुंगा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सूर्यांश फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुंगेलले जानकारी दिए ।
  

सुझावित समाचार