सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँ

सोमबार, १८ मंसिर, २०८०
डिजिटल संस्करण

नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु. एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु. आठ सयले बढेर प्रतितोला रु. एक लाख २१ हजार ६ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु. एक लाख २१ हजार कायम भएको छ। आइतबार तेजावी सुन प्रतितोल रु. एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य प्रतितोला रु. एक हजार पाँच सय ४५ मा कायम भएको छ ।

See More On

सुझावित समाचार