भूकम्पपीडितलाई न्यायाधीश श्रीमती समूह नेपालको सहयोग

बिहिबार, १४ मंसिर, २०८०
डिजिटल संस्करण

न्यायाधीश श्रीमती समूह नेपालले जाजरकोट भूकम्पबाट प्रभावितहरूलाई राहत सामग्री सहयोग गरेको छ। संस्थाले जाजरकोट जिल्ला अदालतमार्फत राहत सामग्री पठाएको हो।

संस्थाकी अध्यक्ष रोशनी श्रेष्ठका अनुसार भूकम्पपीडित वृद्ध, असहाय र बालबालिकाका लागि सय थान कम्बल, ३४ थान कपडा र १२ थान टोपी पठाइएको छ।

श्रेष्ठ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकी श्रीमतीसमेत हुन्।

सुझावित समाचार