ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले खेले गोलरहित बराबरी

नेपाल सुपर लिग २०२३

बुधबार, १३ मंसिर, २०८०
डिजिटल संस्करण

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले अंक बाँडेका छन्। 

दशरथ रंगशालामा भएको खेलमा गोलरहित बराबरी खेल्दै दुवै टिमले एक–एक अंक बाँडेका हुन्। 

प्रतिस्पर्धात्मक खेलमा दुवैले गोलका केही अवसर बनाए पनि बललाई जाली चुमाउन सकेनन्। 

लिगचरणको पहिलो खेलमा दुवैले स्पष्ट जितसहित तीन–तीन अंक आर्जन गरेका थिए। दुवै दोस्रो खेलमा पनि स्पष्ट जितसहित लिगको शीर्ष स्थानमा रहने चाहनासहित मैदानमा उत्रिएका थिए। 

सुझावित समाचार