प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तस्बिर : रासस ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्रीको नयाँ कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा दुई नेताबीच मुलुकमा पछिल्लो समय भइरहेका गणतन्त्र र धर्मनिरपेक्षताविरोधी गतिविधिका विषयमा मुख्य चर्चा भएको बताइएको छ । 

ठूलो बलिदान र संघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धि रक्षा गर्नु प्रमुख राजनीतिक दलहरूको दायित्व भएको दुई नेताको भनाइ थियो । 

भेटवार्तामा संक्रमणकालीन न्याय टुंग्याउनका लागि तयार पारिएको टिआरसी विधेयकका विषयमा पनि चर्चा भएको थियो । प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय टिआरसी विधेयकमाथि राजनीतिक सहमतिका लागि निरन्तर प्रयास गरिरहेका छन् । 

सुझावित समाचार