आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै

नेपाल सुपर लिग २०२३

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण

नेपाल सुपर लिग (एएसएल)को दोस्रो संस्करणअन्तर्गत आज काठमाडौंं रेजर्स र एफसी चितवन भिड्दै छन् । जारी लिगमा आज दुवैको दोस्रो खेल हो । 

दशरथ रंगशालामा साँझ साढे पाँच बजेबाट सुरु हुने खेलमा काठमाडौं रेजर्स दोस्रो जितको खोजीमा हुनेछ भने एफसी चितवन पहिलो जितको लक्ष्य लिएर मैदान प्रवेश गर्नेछ । 

आफ्नो पहिलो खेलमा पोखरा थन्डर्ससँग अप्रत्यासित रूपमा १–० को पराजय व्यहोरेको एफसी चितवन स्टार खेलाडीले भरिएको बलियो टिम हो । 

डिफेन्डिङ च्याम्पियन काठमाडौंले भने पहिलो खेलमा इलामलाई १–० ले हराएर सतप्रतिशत नतिजा निकालेको थियो । 

सुझावित समाचार