झापा एफसी र स्पोर्टिङ इलाम आज भिड्दै

नेपाल सुपर लिग २०२३

सोमबार, ११ मंसिर, २०८०
डिजिटल संस्करण

नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दै छन् ।

एनएसएलको दोस्रो संस्करणका यी दुई डेब्यु टिमबीचको खेल दशरथ रंगशालामा साँझ साढे पाँच बजेबाट सुरु हुनेछ ।

पूर्वी नेपालको प्रतिनिधित्व गर्ने दुवै टोली स्पष्ट जितसहित महत्वपूर्ण तीन अंक आर्जन गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन् । आजको खेल स्पोर्टिङ इलामको दोस्रो खेल हुनेछ भने झापा एफसीको पहिलो खेल हुनेछ । 

आफ्नो पहिलो खेलमा एनएसएलको डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको कारण स्पोर्टिङ इलामका लागि आजको खेल अझ महत्वपूर्ण छ ।  

सुझावित समाचार