झडपपछि सामान्य बन्दै बल्खुको प्रदर्शन

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शन झडपपछि सामान्य बन्दै गएको छ। 

काठमाडौंको बल्खुबाट सुरु भएको प्रदर्शनमा नेकपा एमालेनिकट संगठन युवा संघ नेपालका कार्यकर्ता र प्रसाईंका अभियानकारीबीच झडप भएको थियो। 

बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनसँगै बल्खुको प्रदर्शन शान्तिपूर्ण बनेको छ। 

प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि युवा संघले तीनकुनेमा र प्रसाईंको अभियानले बल्खुमा प्रदर्शन गरेका हुन्। 

तस्बिरहरू :

सुझावित समाचार