चाइना ट्रेडको अध्यक्षमा श्रेष्ठ

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । संस्थाको १६औँ वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत् रूपमा निर्वाचित गरेको हो ।

श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा अमरेशचन्द्र बैदार उपाध्यक्ष, सुब्बा श्रेष्ठ सचिव, कृष्णबहादुर गुभाजू कोषाध्यक्ष र किशोर गजाधर खड्का, गणेशकुमार अग्रवाल र मोहन बोहाेरा सञ्चालकमा निर्वाचित भएका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरूमा पदमबहादुर गुरुङ र सुदर्शन श्रेष्ठ निर्वाचित भएका छन्।

७० लाख सेयर पुँजीबाट १६ वर्षअगाडि स्थापित संस्थाको ०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख पुगेको छ । सेयर पुँजी आठ करोड १६ लाख र जगेडा कोष तीन करोड ९३ लाख पुगेको छ ।  गत आवमा संस्थाको निक्षेप ४२ करोड १८ लाख पुगेको छ ।  त्यस्तै, ६५ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।  

सुझावित समाचार