राष्ट्रपति - उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा पनि एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंगलबार सूचना जारी गर्दै राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह, बानेश्वरस्थित संसद् भवन र सिंहदरबार क्षेत्र ३० दिनका लागि निषेधित क्षेत्र तोकेका हुन्। 

काठमाडौं प्रशासनले सोमबार माइतीघर, नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ। 

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि मंगलबार सूचना जारी गरी पुल्चोकस्थित मन्त्रीनिवास क्षेत्रलाई ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। 

७ मंसिरमा एमालेको युवा संघ र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंमा प्रदर्शन आह्वान भएकाले गृह प्रशासनले एकपछि अर्काे स्थानलाई निषेधित घोषणा गरिरहेको छ।

सुझावित समाचार