अस्ट्रेलियाले टस जित्यो, भारतले सुरुवाती ब्याटिङ गर्ने

आइतबार, ३ मंसिर, २०८०
डिजिटल संस्करण

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०२३ को उपाधि भिडन्तमा भारतले सुरुवाती ब्याटिङ गर्ने भएको छ।अहमेदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेपछि अस्ट्रेलियाले भारतलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

अस्ट्रेलिया सर्वाधिक पाँचपटक र भारत दुईपटकको च्याम्पियन हो । अस्ट्रेलिया भारतलाई स्तब्ध बनाउँदै छैटौँपटक ट्रफी उचाल्न चाहन्छ। प्रतियोगितामा अपराजित भारत तेस्रोपटक ट्रफी उचाल्ने दाउमा छ ।

सुझावित समाचार