तिहारका बेला भएको दुर्घटनामा सातजनाले ज्यान गुमाएका छन् भने तीन सय ३० घाइते भएका छन् । उपत्यकाभित्र एक सय ७२ दुर्घटना भएका छन् । जसमा एक सय आठ चालक पक्राउ परेका छन् ।
तिहारकै अवधिमा उपत्यकाभित्र एक करोड तीन लाख ६६ हजार एक सय ९५ रुपैयाँ मूल्यबराबरको धनमाल चोरी भएको छ । ३७ स्थानमा भएको चोरीमा जम्मा सात अभियुक्त पक्राउ परेका छन् ।
तिहारकै अवधिमा उपत्यकाभित्र १४ स्थानमा आगलागी भएको छ । आगलागीबाट आठ करोड ७७ लाख ४५ हजार रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ । घटनामा एकजनाको जलेर मृत्यु भएको छ ।