युएई र नेपाल भिड्दै, नेपाल १-० ले पछि

फिफा विश्वकप छनोट

बिहिबार, ३० कार्तिक, २०८०
डिजिटल संस्करण

फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा अहिले नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । 

दुबईस्थित अल मक्टुम रंगशालामा जारी खेलमा अग्रता भने युएईले लिएको छ । खेलको १०औँ मिनेटमा खलिफा मुबारकले आकर्षक हेडर गोल गर्दै युएईलाई अग्रता दिलाएका हुन् । 

युएईले २४औँ मिनेटमा पनि गोलको अवसर निकालेको थियो । तर, कप्तान गोलकिपर किरण चेम्जोङले सहजै संकट टारे । 

२६औँ मिनेटमा पनि युएईले गोलको अर्को अवसर निकाले पनि पुनः किरण बाधक बने । 

नेपालले पहिलो चरणमा लाओसविरुद्ध जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो । नेपालले दोस्रो चरणको दोस्रो खेल नोभेम्बर २१ मा यमनविरुद्ध काठमाडौंमा खेल्नेछ ।
 

सुझावित समाचार