अज्ञात व्यक्तिको हतियार प्रहारबाट युवक घाइते

बिहिबार, ३० कार्तिक, २०८०
डिजिटल संस्करण
अज्ञात व्यक्तिको हतियार प्रहारबाट युवक घाइते

फाइल तस्बिर/नयाँ पत्रिका

बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।

विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घरनजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।  

घाइते विकको नेपालगन्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए। हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।     

 

See More On

सुझावित समाचार