पूर्वी नवलपरासीको देवचुली नगरपालिका- ८ मुन्डेमा ग१ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा छजनाको निधन भएको छ। बुलिंटारपहाडि क्षेत्रबाट दलदले आउँदै गरेको जिप देवचुली-८ मुन्डे एस मोडमा एक्कासि घरमा ठोक्किन पुगेको थियो।
दुर्घटनामा परी तीन महिला र तीन पुरुषको निधन भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्। जिपमा ३ महिला र ४ पुरुष सवार थिए।
दुर्घटना आज बिहान ११:३० बजेतिर भएको हो। मृतक र घाइतेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले बताए। गम्भीर घाइतेको उपचारको लागि चितवनतर्फ पठाइएको छ।