नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएको छ । 

शुक्रबार बसेको बढुवा समितिले पाँच एसपीको एसएसपीमा बढुवाको सिफारिस गरेको हो । 

एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको बढुवा सिफारिस भएको छ । 

एसएसपी मधुसुदन लुइँटेलले राजीनामा दिएपछि रिक्त भएको पदमा समेत बढुवा सिफारिस गरिएको छ ।

सुझावित समाचार