अवकाशको दुई साताअघि नेपाल प्रहरीका एसएसपी लुइँटेलले दिए राजीनामा

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले राजीनामा दिएका छन् । प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठानमा कार्यरत उनले अवकाशको दुई साताअघि राजीनामा दिएका हुन् । 

उनले उमेरहदका कारण अवकाश पाउन लागेका थिए ।  उनको राजीनामा स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ । 

उनको राजीनामा स्वीकृत भएपछि प्रहरीमा एसएसपीको पाँच पद रिक्त हुने भएको छ । अर्का एसएसपी मोहनप्रसाद पोखरेलले पनि १५ मंसिरमा उमेरहदका कारण अवकाश पाउँदै छन् ।

सुझावित समाचार