छठसम्म मोबाइल वालेटमा दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रूपमा बढाएको छ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै आजदेखि छठसम्म मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो।

‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकोमा कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ,’ राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भनेको छ।

वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागलाई बुझाउनुपर्नेछ। 

सुझावित समाचार