माहिकाको जोडी च्याम्पियन

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

अभिलाषा विष्ट र माहिका राणाको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्समा बिहीबार स्वर्ण जितेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार भएको फाइनलमा माहिकाको जोडीले प्रकृति श्रेष्ठ र रायना शाहको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गर्यो ।

भेट्रान ५५ वर्षमाथि पुरुष एकलमा विमलकुमार गुरुङ पहिलो भए । उनले फाइनलमा जीवन घिमिरेलाई ६–३ र ६–४ को सीधा सेटमा हराए ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस् कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडीले जितेन्द्र परियार र इलम दिक्षितको जोडीलाई ६–४ र ६–३ ले हराउँदै फाइनल स्थान पक्का गरे । जुनियरको पुरुष डबल्समा वृजेश अर्याल र शाश्वत बज्राचार्यको जोडी पहिलो भयो । 

See More On

सुझावित समाचार