नेपाल वायुसेवाले निःशुल्क सेवा दिने

सोमबार, २० कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र कुरुवाको हवाई भाडा निःशुल्क गर्ने भएको छ । निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत जहाजको क्षमता र ठाउँ उपलब्धताका आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्युल उडानमा निःशुल्क ढुवानी गर्ने घोषणा गरेको हो । 

कात्तिक १८ गते बिहान ८: १७ बजे रुकुमतर्फ उडान गरी नेपाल सरकारको समन्वयमा घाइतेलाई नेपालगन्ज तथा काठमाडौंसम्म उद्धार गरी लगेको तथा सो क्षेत्रमा आफ्नो सेवा सुचारु राखेको जनाइएको छ । राष्ट्रलाई समस्या परेका वेला विगतमा झैँ नेपाल सरकारको निर्देशनबमोजिम यसपटकसमेत आपत्–विपत्मा परेका नेपालीको उद्धारमा खटिई राष्ट्रलाई योगदान गर्न तयार रहेको निगमको भनाइ छ । 

सुझावित समाचार