कञ्चनपुरमा हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग अघि सारिएको छ। हमासकाे नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइको माग अघि सारिएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ महेन्द्रनगरका स्थानीयसमेत रहेका विद्यार्थी जोशीको रिहाइको माग राख्दै परपराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र पठाइएको छ।
आइतबार जोशीका आफन्त, सहकर्मी एव विद्यार्थीले प्रशासनमा ज्ञापनपत्र बुझाएका छन्। विपिनकी बहिनी पुष्पा जोशीले हमास समूहको नियन्त्रणमा रहेका दाजुको रिहाइको माग अघि सारेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत परराष्ट्र मन्त्रालमा ज्ञापनपत्र बुझाइएको बताइन्।
उनले हमास समूहको नियन्त्रणमा रहेको इजरायली सरकारले पुष्टि गरेकाे अवस्थामा नेपाल सरकारले उद्धारका लागि पहल गर्नुपर्नेमा जोड दिइन्।
ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले विपिन जोशीको रिहाइका लागि घर परिवार, आफन्त एवं विद्यार्थीले उठान गरेका विषयमा सीधै परराष्ट्र मन्त्रालयको ध्याकर्षण गराउने बताए।
घटना घटेको झन्डै एक महिना बितिसक्दा पनि विपिन जोशीलाई रिहाइ नगरेपछि घरपरिवारमा सन्नाटा छाएको छ। गत २० असोजमा हमास समूहले इजरायलमाथि हमला गर्दा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा कार्यरत विपिन जोशीसहितका विद्यार्थी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत २७ भदौमा इजरायल गएको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए।