प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन् । मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुन् ।
प्रधानमन्त्री प्रचण्डले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाएका छन् ।
उनले घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले उद्धार एवं राहतमा जुट्न सबैमा अपिलसमेत गरेका छन् ।
सो भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा दर्जनौँको मृत्यु र घाइते भएका छन् । भूकम्प प्रभावितको खोज उद्धारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मी सुर्खेतलगायत छिमेकी जिल्लाबाट पनि सो क्षेत्रतर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
बाढीले पुल बगाएपछि सेनाले बनायो अस्थायी पुल, माथिल्लो मनाङको आवागमन सञ्चालन
काठमाडौं । मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने सडकअन्तर्गत ठाडो खोलामा बाढीले बगाएको पुलको स्थानमा अस्थायी पुल निर्मा…
कांग्रेसमा युवा र ज्येष्ठ सदस्य सल्लाहकार परिषद्को व्यवस्था
काठमाडौं । नेपाली कांग्रेसले विधानमै कांग्रेस युवा परिषद्को व्यवस्था गरेको छ । सभापतिले तोकेका युवा केन्द्रीय सदस्यको…
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’
काठमाडौं/ बाध्यताले आफ्नो गाउँ, घर–आँगन र मातृभूमि छोडेर परदेसिनुपरेका नेपालीहरूको पीडा, संघर्ष र जन्मभूमिप्रतिको प्रेम…
ठेक्का ह्याकिङमा अर्मेनियाका वाणिज्यदूत मल्लसहित आठ ठेकदारविरुद्व म्याद थप
काठमाडौं/ सरकारको बोलपत्र प्रणाली नै ह्याक गरेर ठेक्का हत्याउँदै आरोपमा पक्राउ परेका आठ निर्माण व्यवसायीविरुद्ध साइबर अपराधको कस…
सोमबार १० बजेसम्मको मुख्य १० खबर
कांग्रेसको विधान पारित, २९७ सदस्यीय केन्द्रीय कार्यसमिति नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। १५औँ महाधिवेशन…
गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण भारतमा हुने
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारतमा हुने भएको छ। उनी द्विपक्षीय औपचारिक भ्रमणका लागि नभएर बहुक्षेत्…