जाजरकाेट भूकम्पले रुकुमपश्चिममा मानवीय क्षति, आठबिसकोटमा १० जनाकाे मृत्यु

शनिबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

शुक्रबार राति आएको भूकम्पमा परी रुकुमपश्चिम आठबिसकोट नगरपालिकामा मानवीय क्षति भएको छ। नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले अनुसार १० जनाको मृत्यु भएको खबर आएको बताइन्। 

उनका अनुसार वडा नं. ११ मा सातजना र वडा नं.१२ मा तीजनाको मृत्यु भएको खबर आएको छ। उनले प्रहरी घटनास्थलमा गइरहेको जानकारी दिइन्। साथै, आठबिसकोटमा घरहरूमा पनि क्षति भएको छ।  

यस्तै, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले १० जनाको मृत्यु भएको भनी अपुष्ट खबर आएको जानकारी दिए। 

भट्टराईका अनुसार सानीभेरी गाउँपालिकाको पुर्तिमकाँडामा एकजना च्यापिएको खबर आएपछि प्रहरी टोली पठाइएको छ। वडा नम्बर ४ पनि घरमा मानिसहरू च्यापिएको खबर आएको छ।

शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। क्षतिकाे विस्तृत विवरण आउन बाँकी छ। 

तस्बिर : सामाजिक सञ्जाल

सुझावित समाचार