मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएकाे भूकम्पमा परी कम्तीमा तीनजनाले ज्यान गुमाएका छन्।
शुक्रबार राति ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पबाट खलंगामा एक र नलगाडमा दुईजनाकाे ज्यान गएकाे जिल्ला प्रशासन जाजरकाेटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए। उनका अनुसार १५ जना घाइते जिल्ला अस्पताल भर्ना भएका छन्। प्रहरी र स्थानीय उद्धारमा खटिएका छन्।
रातिकाे समय भएर विस्तृत विवरण प्राप्त हुन नसकेकाे पनि ठूलाे संख्यामा घर भत्किएकाे खबर प्राप्त भएकाे छ। जाजरकाेट केन्द्रविन्दु भएर गएको भूकम्पको देशभर धक्का सहसुस गरिएकाे छ। यस्तै, भारत र चीनमा पनि धक्का महसुस भएकाे त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
तस्बिर : डक्टर स्टाेरी नेपाल