युएईविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। ३.४ ओभरमा कप्तान मोहम्मद वासिम आउट भएका छन्। १६ बलमा २७ रन बनाएर उनी आउट भए । उनले तीन चौका र दुई छक्का प्रहार गरे ।
यसअघि ओपनर खालिद शाह चार बलमा तीन रन बनाएर आउट भएका थिए। ३.१ ओभरमा सोमपाल कामीले उनलाई रनआउट गराएका हुन्। एकै ओभरमा युएईको दुई विकेट गएपछि दबाबमा आएको छ।