नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकाशकुमार ठाकुरले आइसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत शुक्रबार हुने सेमिफाइनल खेलका लागि एक लाख रुपैयाँ नगदको व्यक्तिगत रुपमा पुरस्कार घोषणा गरेका छन्।
शुक्रबार नेपाल र युएईबीच मुलपानी मैदानमा खेल हुँदैछ। यो खेल जितेमा नेपाल फाइनलमा पुग्नुका साथै टी–२० विश्वकपमा छनोट हुनेछ।
नेता ठाकुरले नेपाललाई जित दिलाउँदै फाइनलमा स्थान पक्का गरेमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुईजना खेलाडीहरूलाई व्यक्तिगततर्फबाट जनही ५० हजार नगद पुरस्कार दिने सार्वजनिक घोषणा गरेका हुन्।
नेपाली टिम र खेलाडीको हौसला बढाउन नगद पुरस्कारको घोषणा गरेको कांग्रेस सर्लाही जिल्ला सदस्य ठाकुरले बताए ।
युएईलाई जितेपछि सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुई खेलाडीलाई जनही ५० हजारका दरले हस्तान्तरण गरिने उनको भनाइ छ।