कपिलवस्तुमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण

कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ८ बरकुलका २६ वर्षीय विनयकुमार चमार रहेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार उनले घरायसी विवादका क्रममा २६ वर्षीय सन्ध्याको हत्या गरेका हुन्। उनले यही ८ कात्तिकमा गलामा लगाएको मालाले घाँटी थिचेर सन्ध्याको हत्या गरेका अनुसन्धानबाट खुलेको छ।

कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

सुझावित समाचार