सेयर बजारको ओरालो यात्रा कायमै

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ। हिजो मंगलबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५.८३ अंकले घटेको छ। 

आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८.५६ को विन्दुमा कायम भएको छ। 

आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ७७ हजार आठ सय ७० पटक खरिद–बिक्री हुँदा रु. ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

लगानी समूह ०.०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेका छन्। सबैभन्दा धेरै होटेल तथा पर्यटन समूह १.०१ र उत्पादन तथा प्रशोधन समूह ०.९८ प्रतिशतले घटेको छ।

सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.३९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर मूल्य ७.९९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु. १४ करोड ६० लाख दुई हजार दुई सय २५ बराबरको छ लाख १६ हजार सात सय ७५ कित्ता सेयर किनबेच भएको छ। रासस 

सुझावित समाचार