नेपालले मलेसियाविरुद्ध दोस्रो विकेट गुमाएको छ। आइसिसी टी–२० विश्वकप एसियन छनोटमा मंगलबार समूह ‘ए’मा मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको हो।
आसिफले ३२ बलमा एक चौका र दुई छक्काको सहयोगमा ३२ रन जोडे। उनी आउट हुँदा नेपाल ११.४ ओभरमा ११६–२ को अवस्थामा रह्यो। यसअघि नेपालले १०.२ ओभरमा सय रन पूरा गरेको थियो।
मलेसियाका वीरन्दीप सिंहको एकै ओभरमा आसिफ शेखले लगातार दुई छक्का र एक चौका प्रहार गरेका थिए। मल्ल र शेखले दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए।