१. अनलाइन बैंकिङको प्रयोग गर्नुअगाडि आफ्नो बैंकको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रिया आदिबारे जानकारी लिऔँ ।
२. अनलाइन बैंकिङ सेवा प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट प्रयोग गर्ने । मोबाइल बैंकिङका लागि आधिकारिक मोबाइल एप पहिचान गरेर मात्रै इन्स्टल गर्ने ।
३. अनलाइन बैंकिङमा प्रयोग हुने कम्प्युटर, मोबाइल र ल्यापटपमा अनिवार्य रूपमा पासवर्ड, प्याटर्न, पिन, बायोमेट्रिक आदिको प्रयोग गरी लक गरौँ ।
४. अनलाइन बैंकिङको युआरएल सधैँ टाइप गरी र कहिल्यै पनि इमेल लिंक वा अन्य वेबसाइटमा रहेको हाइपरलिंक गरी प्रयोग नगरौँ ।
५. अनलाइन बैंकिङका लागि मल्टी फ्याक्टर अथेन्टिकेसन जस्तै– मोबाइल नम्बर, ओटिपी, फिंगरप्रिन्टलगायत प्रयोग गरौँ ।
६. आफ्नो बैंक स्टेटमेन्ट नियमित चेक गरौँ । पासवर्ड नियमित परिवर्तन गरौँ ।
७. आफ्नो बैंक अकाउन्ट, पासवर्ड, पिनकोड, सिभिसी, ओटिपी कहिल्यै पनि कसैलाई नदिऊँ । बैंकका कर्मचारीले कहिल्यै पनि तपाईंको पासवर्ड, पिनकोड, सिभिसी, ओटिपीजस्ता विवरण नमाग्ने हुँदा फेक कल तथा स्क्यामबाट बचौँ ।
८. अनलाइन बैंकिङ प्रयोग गरिसकेपछि लग क्रेडिन्सियल कहिल्यै पनि ब्राउजरमा सेभ नगरौँ । अनलाइन बैंकिङ सेवा पनि लगआउट तथा साइनआउट गर्न नभुलौँ ।
९. साइबर क्याफेजस्ता सार्वजनिक स्थलका कम्प्युटरमा वा सार्वजनिक वाइफाईको प्रयोग गरी अनलाइन बैंकिङ सेवा प्रयोग नगरौँ ।
– नेपाल दूरसञ्चार प्राधिकरण
अनलाइन बैंकिङ कसरी सुरक्षित प्रयोग गर्ने ?
राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगति
३ हप्ता अघि
चीनतर्फका तीनवटै नाका बन्द
३ हप्ता अघि
सुझावित समाचार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको द…
चाडपर्वमा हुन सक्ने डिजिटल ठगीप्रति सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ। बैंकहरू बन्द हुन…
आज कुन देशको मुद्राको विनिमयदर कति ?
काठमाडाैं । आज मंगलबार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरोलगायतको विनिमयदर घटेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको …
एनटी फाइबरको सस्तो प्याकेजमा ग्राहकको आकर्षण, अब अनलाइनबाटै सेवा लिन सकिने
काठमाडाैं । नेपाल टेलिकमको एनटी फाइबर सेवाअन्तर्गत सस्तो र उच्च गतिको इन्टरनेट प्याकेजप्रति ग्राहकको आकर्षण बढेको छ। हालै टेलिकम…
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९० हजार दुई सय रुपै…
तीन हजारको सामान किन्दा सन्तमायालाई १० लाखको बम्पर उपहार
काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले तीन हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी छिन्। करदात…