नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा छलफल भएकाे थियाे।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमलाई संयुक्त सम्बोधनसमेत गरेका छन्।

सम्बाेधनका क्रममा महासचिव गुटेरसले संक्रमणकालीन न्यायको प्रक्रियालाई सघाउन आफू तयार रहेकाे बताए।

उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन्।

महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। त्यस्तै, उन आज ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जानुहुने जनाइएको छ।
