संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदबीच भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा जारी छलफलको मुख्य विषय शान्ति प्रकृयामा सद्भाव, नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग, ‘पिस किपिंग अपरेशन’लगायत रहेका बताइएको छ।
चारदिने औपचारिक भ्रमणमा आइतबार राति नेपाल आएका गुटेरेसलाई सिंहदरबारमा सहसचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्।
गुटेरेसले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट्ने कार्यसूची रहेको छ।