शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा नेपाली सेनाका एक लेसनायकको मृत्यु

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा दाङमा नेपाली सेनाका एक लेसनायकको मृत्यु भएको छ । रणसिंह दल गण अर्जुन खोलामा कार्यरत ३० वर्षीय शीतल थापाको अर्जुन खोलामा खस्दा मृत्यु भएको हो । 

लमजुङको मध्यनेपाल नगरपालिका– ९ घर भएका थापा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भई अर्जुनखोलामा कार्यरत थिए । 

थापा शौचालय जाने क्रममा दुई सय मिटर तल खोलामा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए । 

थापा आर्मीको पोस्टनजिकै रहेको कच्ची शौचालय जाने क्रममा शुक्रबार दिउँसो साढे १२ बजेतिर खोलामा खसेका थिए । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सुझावित समाचार