१४ कात्तिकमा तय भएको एमालेको चियापान कार्यक्रम १५ गते हुने

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

एमालेको चियापान कार्यक्रम एक दिन पर सरेको छ । एमालेले १४ कात्तिकमा तय गरेको चियापान कार्यक्रम १५ गते हुने भएको छ । 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको तर्फबाट दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा १४ कात्तिकमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखिएको थियो ।

तर, उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै १५ कात्तिकमा आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जारी गरेकाे वक्तव्यमा जनाइएकाे  छ ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा आगामी बुधबार दिउँसो ठीक १२:१५ बजेबाट सुरु हुने जनाइएको  छ । 

See More On

सुझावित समाचार