दसैँको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

बुधबार, ८ कार्तिक, २०८०
डिजिटल संस्करण

आश्विन शुक्ल एकादशीका दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनकाे घरमा जाने क्रम जारी छ।

विजयादशमीका दिन नौ दिनसम्म पूजा–आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । दशमीकाे दिन मान्यजनकहाँ जान नपाएकाहरू आज टीका थाप्न हिँडेका छन् ।  

नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताउँछन् । 

नेपालको पश्चिम भेगमा भने दसैँको दिन मात्र टीका, जमरा लगाउने चलन छ । तर, काठमाडौं उपत्यकासहितका पूर्वी भेगमा भने पाँच दिनसम्म दसैँकाे टीका लगाउने गरिन्छ ।     

See More On

सुझावित समाचार