पिङ हाल्न रूख चढ्दा लडेर मृत्यु

सोमबार, ६ कार्तिक, २०८०
डिजिटल संस्करण

पिङ हाल्न रूख चढ्ने क्रममा लडेर काभ्रेमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका– ६ का ५० वर्षीय गणेश परियारको मृत्यु भएको हो । 

परियार पिङको लठ्ठा बाँध्न बरको रूखमा चढ्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । लगत्तै उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको केही समयपछि अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । 

परियारको शव पोस्टमार्टमपछि आफन्तले बुझेर लगेका छन् ।
 

सुझावित समाचार