आसिफ र रोहितले सम्हाले ब्याटिङ, आसिफको अर्धशतकसँगै नेपालको सय रन पूरा

टी-२० ट्र्यांगुलर सिरिज

सोमबार, ६ कार्तिक, २०८०
डिजिटल संस्करण

युएईले दिएका एक सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवातमै लडखडाएको नेपालको ब्याटिङ ओपनर आसिफ शेख र कप्तान रोहित पौडेलले सम्हालेका छन् । 

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत लिगचरणको अन्तिम खेलमा २.१ ओभरभित्र ११ रनको अवस्थामा नेपालले तीन विकेट गुमाइसकेको थियो । ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ल सस्तैमा पेभेलियन फर्किएपछि क्रिजमा रहेका आसिफ र रोहितले ९९ रनको साझेदारी गर्दै नेपाललाई खेलमा जीवित राखेका हुन् । 

ताजा अवस्थामा नेपालले १६औँ ओभरको खेल सकिँदा तीन विकेटको क्षतिमा एक सय १० रन बनाएको छ । 

यसबीच आसिफले टी–२० करिअरको तेस्रो अर्धशतक पनि पूरा गरेका छन् । उनी ५० बलमा ६२ रन बनाएर खेलिरहेका छन् । उनलाई ३५ बलमा ३३ रन बनाई रोहितले साथ दिइरहेका छन् । 

सुझावित समाचार