राष्ट्रपति पौडेलद्वारा नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान

सोमबार, ६ कार्तिक, २०८०
डिजिटल संस्करण

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरूप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन् । विशेष समारोहबीच राष्ट्रपति पौडेलले शीतलनिवासमा नवकन्याको पूजा गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई, उपहार प्रदान गरेका छन् । दसैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।     

सुझावित समाचार