जनकपुरधामको राजदेवी मन्दिरमा १५,२५१ बोकाको बलि दिइयाे

सोमबार, ६ कार्तिक, २०८०
डिजिटल संस्करण

आइतबार साँझ ८ बजेर  २० मिनेटबाट सुरु भएको बलि सोमबार बिहान ४ बजेसम्म चलेको थियो

नेपालमै प्रसिद्ध रहेको जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १५ हजार दुई सय ५१  बोकाको बलि दिइएको छ । आइतबार साँझ ८ः२० मिनेटबाट सुरु भएको बलि सोमबार बिहान ४ बजेसम्म चलेको थियो । 

प्रत्येक वर्ष दसैँको महाअष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । उक्त रातलाई कालरात्रि पनि भनिने चलन छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए । आइतबार  दिउँसोदेखि नै जनकपुरमा बलि चढाउनेको भिड लागेको थियो ।

बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेख्य रूपमा  स्वयंसेवक परिचालन गरेका थिए । बलिका लागि प्रतिबोका दुई सयका दरले जनकपुरधाम गुठी संस्थानले शुल्क लिएको थियो । 

See More On

सुझावित समाचार