हमासको आक्रमणमा परेर मारिएका तीन नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो

आइतबार, ५ कार्तिक, २०८०
डिजिटल संस्करण

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० मध्ये तीन नेपाली विद्यार्थीको शव आज बिहान काठमाडौं ल्याइएको छ ।

फ्लाई दुबईको उडानबाट शव नेपाल ल्याइएको हो । शव आएसँगै परराष्ट्र मन्त्री एनपी साउद, नेपालस्थित इजरायलका राजदूत र मृतक विद्यार्थीका आफन्त विमानस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

हमास समूहको आक्रमणमा परी निधन भएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको हो । आशिष चौधरीको  शव पनि आजै ल्याइनेछ ।  

अन्य बाँकी शवको पहिचानको काम भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । पहिचानको काम सकिएपछि बाँकी शव नेपाल ल्याइने छ ।

See More On

सुझावित समाचार