काठमाडौंमा भूकम्पको धक्का

आइतबार, ५ कार्तिक, २०८०
डिजिटल संस्करण

काठमाडौं र यसआसपास क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्काले बडादसैँको तयारी गरिरहेका मानिस झस्किएका छन् । भूकम्पको केन्द्रबिन्दुबारे विस्तृत विवरण आएको छैन ।

अपडेट

धादिङको खरी केन्द्रबिन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प    
  
धादिङको खरीआसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 
     
काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प ०७२ सालको ‘गोरखा भूकम्प’को परकम्प भएको उनले बताए ।
 

See More On

सुझावित समाचार