हङकङविरुद्ध नेपालको खराब सुरुवात, आधा खेल सकिँदा चार ब्याटर आउट

टी-२० ट्र्यांगुलर सिरिज

शनिबार, ४ कार्तिक, २०८०
डिजिटल संस्करण
हङकङविरुद्ध नेपालको खराब सुरुवात, आधा खेल सकिँदा चार ब्याटर आउट

फाइल फाेटाे

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताको तेस्रो खेलमा अहिले नेपाल र हङकङ भिडिरहेका छन् । 

मूलपानी खेलमैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ । शृंखलाका अघिल्ला दुई खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको नेपालले तेस्रो खेलमा भने खराब सुरुवात गरेको छ । 

निर्धारित २० ओभरमध्ये १० ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाइसकेको छ । 
दुवै ओपनर कुल भुर्तेल र आसिफ शेख, कप्तान रोहित पराजुली र सोमपाल कामी आउट भइसकेका छन् । अहिले क्रिजमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छन् । 

यी दुवैमाथि नेपाललाई ठूलो स्कोरसम्म पुर्याउने जिम्मेवारी रहेको छ ।

सुझावित समाचार