आर्थिक अवसर बढाउन निजी क्षेत्रको जोड

वातावरणका मुद्दामा नेपालले गरेको विश्वव्यापी प्रतिबद्धता पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित वृद्धि (ग्रिन ग्रोथ)को अवधारणा महत्वपूर्ण हुने

शुक्रबार, ३ कार्तिक, २०८०
डिजिटल संस्करण

पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीले जोड दिएका छन् । यसका लागि उद्योग क्षेत्रमा हरित वृद्धि (ग्रिन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने धारणा उनीहरूको छ । धनगढीमा सञ्चालन गरेको एक कार्यक्रममा सहभागी उद्यमी व्यसायीले यस्तो बताएका हुन् । वातावरणका मुद्दामा नेपालले गरेको विश्वव्यापी प्रतिबद्धता पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित वृद्धि (ग्रिन ग्रोथ)को अवधारणा महत्वपूर्ण हुने उनीहरूको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा स्ट्रेन्थेन इम्प्वायर्स क्यापासिटी फर इम्प्रुुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्किल याजवेल याज सेफ्टी एन्ड हेल्थ परियोजना सञ्चालन गरिरहेको छ । सोही परियोजनाअन्तर्गत आयोजना गरिएको कार्यस्थलमा आधारित सीप विकास तथा ग्रिन इकोनोमी विषयक कार्यक्रमका सहभागीको हरित वृद्धि अभ्यासहरू अँगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुुग्ने कुरा सबैलाई बुुझाउनुपर्ने सुुझाब थियो । 

हरित वृद्धिका अभ्यासहरू अँगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरसमेत सिर्जना हुने धारणा सहभागी विज्ञहरूको थियो । कार्यक्रम महासंघको सुदूरपश्चिम प्रदेश च्याप्टरको सहकार्यमा आयोजना गरिएको थियो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुुझाब उनीहरूको थियो ।

कार्यक्रमलाई सम्बोधन गुर्दै महासंघका उपाध्यक्ष एवं वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले महासंघले निजी क्षेत्रलाई वातावरण परिवर्तनका मुद्दामा सचेत गराउँदै दिगो आर्थिक विकासमा काम गर्न सहयोग पुर्याउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको बताए । 

उपाध्यक्ष ढकालले पछिल्लोपटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका इस्युमा गरेका प्रतिबद्धतालाई समेत पूरा गर्ने अभिप्रायले महासंघले आइएलओको सहयोगमा ग्रिन इकोनोमीको विषयलाई अगाडि बढाएको स्पष्ट पारे । उपाध्यक्ष ढकालले महासंघले तालिमका लागि तालिम भन्दा पनि उद्योगको मागका आधारमा कार्यस्थलमा आधारित तालिमलाई पनि मुख्य प्राथमिकता दिएको बताए । आउँदा दिनमा कार्यस्थलमा आधारित तालिमलाई थप प्रभावकारी बनाउन यससम्बन्धी निर्देशिका बनाइएको स्पष्ट पारे । यसले महासंघको सिंगो इकोसिस्टम नै लाभान्वित हुने विश्वास उहाँले व्यक्त गरे । 

महासंघको प्रदेश च्याप्टरका अध्यक्ष शंकर बोगटीले कार्यक्रमबाट कार्यस्थलमा आधारित तालिम र दिगो आर्थिक विकासमा पर्यावरणको महत्व विषयमा सहभागीबीच बुुझ्न सहयोग पुुगेको बताए । महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले कार्यस्थलमा आधारित सीप विकास तालिम निर्देशिका र वातावरणविज्ञ तथा परामर्शदाता डा. विजय थापाले ग्रिन इकोनोमीका पछिल्ला अभ्यास र नेपालले अवलम्बन गर्नुपर्ने उपायबारे आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा आइएलओका परामर्शदाता महेन्द्र प्रसाईं र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेले आइएलओले महासंघसँग अगाडि बढाएका कार्यक्रमबारे जानकारी गराए । 

परियोजनाअन्तर्गत सदस्य वस्तुुगत संघका लागि कार्यसञ्चालन विधि स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर, कार्यस्थलमा आधारित सीप विकास निर्देशिका र ग्रिन इकोनोमी एवं न्यायोचित परिवर्तन, नेपालमा लगानीका अवसर तथा चुनौती विषयमा अध्ययन प्रतिवेदन प्रकाशन गरिने कार्यक्रम छन् । 

सुझावित समाचार