मौसमले लिए पहिलो टी-२० विकेट, हङकङले गुमायो छैटौँ विकेट

टी-२० ट्र्यांगुलर सिरिज

बिहिबार, २ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपालका ४४औँ टी–२० खेलाडीका रूपमा राष्ट्रिय टिममा समेटिएका स्पिनर मौसम ढकालले करिअरको पहिलो सफलता हात पारेका छन् । 

आफ्नो दोस्रो टी–२० खेलमा उनले हङकङका जिसन अलीलाई सिकार बनाए । २० बल खेलेर १७ रन बनाएका अलीलाई कुशलले क्याच समाई पेभेलियनको बाटो देखाए । 

योसँगै हङकङले छैटौँ विकेट गुमाएको छ । १५औँ ओभरको खेल सकिँदा उसले ६ विकेट गुमाएर ६७ रन बनाएको  छ ।  

सुझावित समाचार